मनोरञ्जन

अर्पण थापा र ऋचा शर्मा फेरि सँगै देखिने

अर्पण थापा र ऋचा शर्मा फेरि सँगै देखिने

नायक अर्पण थापा र नायिका ऋचा शर्मा फेरि पर्दामा सँगै देखिने भएका छन् ।

 

‘आधा लभ’, ‘चक्कर’, ’सुनकेसरी’, ‘फिर्के’ फिल्ममा एकसाथ काम गरिसकेका अर्पण र ऋचाको जोडि दर्शकले फेरी देख्न पाउने भएका छन् । राजधानीमा एक कार्यक्रमका बीच अर्पण र ऋचाको मुख्य भूमिका रहने फिल्म ‘फेरि–फेरि’को शुभ मुहर्त गरिएको छ ।

 

पुरन थापाको लेखन र निर्देशन रहने फिल्मलाई निरज थापाले निर्माण गर्न लागेका हुन् । कमेडी जन्रामा बन्ने यो फिल्मलाई निर्देशक थापाले नारीप्रधान फिल्म भनेका छन् ।

 

माता बसुन्धारा मुभिज प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्ममा अर्पण र ऋचा सँगै लय संग्रौला, ओमप्रितिक गुरुङ, पुरन थापा, ध्रव कोइराला, धर्मेन्द्र आचार्य लगायतका कलाकारहरुको अभिनय रहने बताईएको छ ।

richa sharma film

विशेष