'ज्याेति मगर'लार्इ व्यापारिक महाेत्सवमा वाणिज्य संघले गर्याे निषेध
कास्की । लेखनाथ उद्योग वाणिज्य संघले प्रादेशिक औद्योगिक व्यापार मेलामा लोकदोहोरी गायिका ज्योति मगरलाई निषेध गर्ने भएको छ। ज्योति मगरको प्रस्तुतिले लोकसंस्कृतिमै विकृति ल्यायो भन्दै अायाेजकले निषेध गरेका हुन्
लेखनाथको डाँडाको नाकमा माघ ११ गतेदेखि २२ गते सम्म हुने १४ औं संस्करणको महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले ज्योति मगरलाई निषेध गरेको बताए ।
मेलाले लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास एवम् समृद्धि हुने विश्वास र उद्देश्यका साथ महोत्सव आयोजना गरिएको भन्दै बिकृती फैलाउने कलाकारलाई निषेध गरेको अायाेजकले बताएका छन् ।
आयोजकका अनुसार महोत्सवका आकर्षणमा औद्योगिक व्यापार मेला अवलोकनका साथै विभिन्न परिकारको स्वादमा रमाउँदै हस्तकलाका समान, स्थानीय रुपमा उत्पादन, राष्ट्रिय कलाकारका मनोरञ्जनात्मक प्रस्तुती रहने छन्।