मनोरञ्जन

मोडललाई सेक्सको प्रस्ताव !

मोडललाई सेक्सको प्रस्ताव !

काठमाडौं । मोडल तथा डान्सर प्रमिला न्यौपानेले मलेसियामा हुन लागेको एक सास्कृतिक कार्यक्रमका आयोजकमध्येका एक सदस्यले सेक्स प्रस्ताव गरेको र सो प्रस्ताव नमानेकै कारण आफ्नो तस्वीर पोस्टरबाट हटाएको आरोप लगाएकी छन् ।

 

चिनियाँ नयाँ बर्षको अवसरमा आउँदो फेबु्रअरी १६, १७ र १८ तारिखमा मलेसियाका विभिन्न ठाउँमा हुन लागेको ‘युनिक धमाका ७’ कार्यक्रमका आयोजकमध्येका एकले आफूलाई सेक्स प्रस्ताव स्वीकार गरे मलेसिया बोलाउँछु भनेको  बताइन् ।

 

आफूले उक्त प्रस्ताव अस्वीकार गरेकै कारण आफ्नो तस्वीर र नाम पोस्टरबाट हटाएको प्रमिलाले फेसबुकबाटै सार्वजनिक गरेकी थिइन् । यसबारेमा विस्तृत रुपमा बुझ्दा उनले यो कुरा साँचो रहेको खुलासा गरिन् । उनले भनिन्, ‘विदेशबाट यस्ता प्रस्ताव मलाई मात्रै हैन धेरैलाई आउँदोरहेछ, यसरी सार्वजनिक नगर्ने हो भने अरु कलाकारको पीडा कहिल्यै कम हुने छैन

विशेष