मुख्य समाचार

ट्याक्टर दुुुर्घटना तीनको मृत्यु आठ घाइते

ट्याक्टर दुुुर्घटना तीनको मृत्यु आठ घाइते

महोत्तरी । महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

सोमबार राती साढे ९ बजे महोत्तरीको रामगोपालपुर नगरपालिका ८ थलहीमा सरस्वती पुजाको अवसर पारेर वनभोज गएका ब्यक्तिहरु लिएर फर्किँदै गरेको ज १ त ३५१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ७ का ४० वर्षिय सत्यचन्द्र साह, १८ वर्षीय राम बाबु मण्डल र ४५ वर्षीया सावित्री देवी मण्डल रहेका छन् । दुर्घटनामा घाईते भएक आठै जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीले जनाएको छ ।

विशेष