मुख्य समाचार

अख्तियारमा गोपाल खड्काको वयान सुुरु, तीन सयको वयान सकियाे

अख्तियारमा गोपाल खड्काको वयान सुुरु, तीन सयको वयान सकियाे


काठमाडौं । पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको वयान सुरु भएको छ ।

जग्गा खरिद काण्डमा मुछिएका जग्गाधनी, बिचौलिया, टेन्डरदाता, तत्कालिन स्थानीय निकायका प्रतिनिधिसँगको वयान सकिएपछि आयोगले निगमका पदाधिकारीको वयान सुरु गरेको हो ।

आयोग स्रोतका अनुसार निगमका उच्च पदस्थ १६ जनाको वयान सकिएको छ । हालसम्म करीव तीन सय जनाको वयान सकिएको अख्तियार स्रोतले जनाएको छ ।

खड्काको वयान सकिएसँगै अब सञ्चालक समितिका तत्कालीन सबै सदस्यको वयान थालिने अख्तियार स्रोत जनाउँछ ।

स्रोतका अनुसार जग्गा खरिदमा कतिपय स्थानमा आयल निगमले सिधै जग्गा खरिद गरेको देखिएको छ । त्यस्तै, कतिपय स्थानमा बिचौलियामार्फत् र कतिपय स्थानमा जग्गाधनी, बिचौलिया र ठेकेदारमार्फत निगमले जग्गा खरिद गरेको छ ।

निगमले झापा, सर्लाही, चितवन र भैरहवामा जग्गा खरिद गर्दा एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको आरोप छ । तत्कालिन संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले निगमले जग्गा खरिद गर्दा जायज मूल्यभन्दा चार गुणासम्म बढी तिरेर घोटाला गरेको प्रतिवेदन नै सार्वजनिक गरेको थियो ।

विशेष