खेल

किरण आईलिगमा अनुबन्धित

किरण आईलिगमा अनुबन्धित


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ भारतको उच्च डिभिजनको फुटबल लिग आईलिग क्लब मीनरेभा पञ्जाब फुटबल क्लबसँग अनुबन्धित भएका छन् ।

३क्लबले मंगलबार साँझ आफ्नो अफिसियल टुविटर ह्यान्डल मार्फत किरण क्लबसँग आवद्ध भएको जानकारी दिएको छ। मीनरेभाले ट्वीटरमा लेखेको छ, ‘किरण चेम्जोङलाई बाँकी सिजनको लागि क्लबमा स्वागत छ।’ यसअघि माल्दिभ्सको टीसी क्लबसँग आवद्ध किरण उक्त क्लबसँगको सम्झौता सकिएपछि भारतीय लिग क्लबमा अनुबन्धित भएका हुन्।

१० टीम सहभागी भारतीय आईलिगमा किरण अनुबन्ध भएको मीनरेभा २२ अंकका साथ शीर्ष स्थानमा छ। ९ खेल खेलेको मीनरेभाले ७ खेल जितेको छ भने एक खेलमा हार र एक खेल बराबरी खेलेको छ।

२००७–२००८ को सिजनबाट सुरु भएको आइलिगमा मीनरेभा २०१५ को दोस्रो डिभिजनमा च्याम्पियन बन्दै शीर्ष डिभिजन आइलिगमा उक्लिएको थियो।

विशेष