मनोरञ्जन

फिल्म ‘गरुड पुराण’ निर्माण हुने

फिल्म ‘गरुड पुराण’ निर्माण हुने

नेपाली फिल्म ‘गरुड पुराण’ निर्माण हुने भएको छ । फरक पृष्ठभुमिबाट आएर काठमाडौंमा बाँच्नका लागि गर्नुपर्ने सघंर्षको कथा बोल्ने फिल्म ‘गरुड पुराण’ निर्माण हुने भएको हो ।

 

बुधबार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माणपक्षको उपस्थितीमा फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ । बिहीबारबाट छायांकन सुरु हुने उक्त फिल्म कमेडी जनरामा निर्माण हुने निर्माण टिमले बताएको छ ।

 

सुवास कोइराला र सुशन प्रजापतिको संयूक्त निर्देशन रहने फिल्ममा कर्मा शाक्य, प्रविन खतिवडा, कामेश्वर चौरासिया, नाजिर हुसेन, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय रहनेछ । यसै फिल्ममार्फत नायिकाको रुपमा प्रियंका सिंह ठकुरीले डेब्यु गर्ने छिन् ।

 

फिल्मका निर्मातामा अजित प्रजापति र अशोक गौतम रहेका छन् । कसम नेपालको कथा, सुवास कोइराला, आकाश बराल र विनोद खडिवडाको पटकथा, आकाश बरालको संवाद, कोशिश क्षेत्री र सजित श्रेष्ठको संगीत रहेको ‘गरुड पुराण’ लाई उज्वल ढकालले सम्पादन गर्नेछन् ।

 

कार्यक्रममा बोल्दै कर्माले फिल्मको कथा र टीमले नै आफूलाई आकर्षित गरेर फिल्म गर्न लागेको बताएका छन् ।

film garud puran

विशेष