स्वास्थ्य

जाडोमा छालाको स्याहार कसरी गर्ने ?: शौन्दर्य विशेषज्ञ अनिता पौडेलको सुझाव

‘सिटिएमपीएन’ विधिले कसरी बढाउँछ अनुहारको चमक ?

जाडोमा छालाको स्याहार कसरी गर्ने ?: शौन्दर्य विशेषज्ञ अनिता पौडेलको सुझाव

अन्य समयमा भन्दा हामीले जाडो समयमा बढी जसो छालालाई ध्यान दिनुपर्छ । बरिष्ठ ब्यूटिशियन तथा शौन्दर्य विशेषज्ञ पौडेलले यस विषयमा सुझाव दिएकी छन् ।

 

१.सुरुमा CTMPN को नियमलाई ध्यान दिउँः


C=Cleansing   यस अन्तरगत छालालाई कसरी सफ्ट राख्न सकिन्छ भनेर ध्यान दिनु जरुरी हुन्छ । यदी ओइली स्किन छ भने चिल्लो नभएको Cleansing प्रयोग गर्नुपर्ने हुन्छ । दिनमा ३–४ पटक सफ्ट पानीले मुख धुनु जरुरी छ । साथै दिनमा एक पटक औषधी सहितको साबुन लगाउनु पनि आवश्यक छ ।

 

यदी ड्राई स्किन छ भने चिल्लो Cleansing प्रयोग गर्नुपर्ने हुन्छ । र दिनमा २ पटक सफा पानीले मुख धुनु आवश्यक छ । यदी नर्मल छाला छ भने जुनसुकै Cleansing पनि प्रयोग गर्न सकिन्छ । र सुत्नुअघि Cleansing प्रयोग गर्नुपर्छ ।

 

T=Toner सफा अनुहारमा प्रयोग गर्नपर्छ :
यो Cleansing पछि प्रयोग गर्नुपर्ने हुन्छ । यसको मुख्य काम भनेको खुल्ला रौँ छिद्रलाई बन्द गर्नु हो । यदी ड्राई स्किन छ भने स्किन टोनर र यदी ओइली स्किन छ भने Astringent लोसन प्रयोग गर्नु पर्छ । यदी नर्मल स्किन छ भने जुनसुकै त्यलभच प्रयोग गर्न सकिन्छ ।

 

M=Mosteriser यो Toner पछि प्रयोग गर्नुपर्ने हुन्छ । यसले छालामा पर्दाको काम गर्ने गर्छ । जाडो महिनामा छालालाई धेरै कुराको आवश्यक पर्ने भएका ले यो क्रिम लगाउनु अति आवश्यक पर्दछ । यदी ड्राई स्किन छ भने Ris Mosturiser लगाउनु पर्छ भने ओइली स्किन छ भने ओइल कन्ट्रोल Mosturiser लगाउनुपर्छ । यदी नर्मल छाला छ भने जुन सुकै पनि लगाउन सकिन्छ ।

 

P=Protection यो Mosturiser पछि प्रयोग गर्नुपर्छ । यसको प्रयोगले घाम, धुलो, हावा लगायतबाट अनुहार बच्छ । यसको प्रयोग बाहिर निस्किनु भन्दा आधा घन्टा अघि, घरमा बसेर नै पनि गर्न सकिन्छ । घाममा हिँड्दा यस्ले घामको रे हरु बाट बचाउने काम गर्दछ ।

 

N=Nourshing कुनै पनि प्रकारका छालालाई यसको प्रयोग आवश्यक छ । छालालाई सुत्ने बेलामा कन्डिस्नरको रुपमा यसलाई प्रयोग गरिन्छ । ड्राईको लागि कोल्ड क्रिम र नाइट क्रिम वा पेस ओइल प्रयोग गर्ने र आइल स्किनको लागि ओइल कन्ट्रोल वा वाटर बेसको क्रिमहरु प्रयोग गर्दा राम्रो हुन्छ ।

 

यदी जाडो महिनामा छालालाई सुरुक्षित राख्नुछ भने हामीले माथि दिइएका नियमलाई ध्यान दिएर ‘फलो’ गर्नु आवस्यक छ ।

 

beauty tips anita paudel

विशेष