दुई सातादेखि फैलिएको भाइरल ज्वरो नियन्त्रणमा
दुई सातादेखि विभिन्न जिल्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रण आउन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
कालिकोट, जाजरकोट, बाजुरा र सोलुखुम्बु जिल्लामा फैलिएको भाइरल ज्वरो विस्तारै नियन्त्रणमा आएको महाशाखाले जनाएको हो ।
इन्फ्लुएन्जा टाइप वान एच थ्री भाइरसका कारण समस्या देखिएको महाशाखाकाको भनाई रहेको छ ।
जाजरकोट, बाजुरा र सोलुखुम्बुका बिरामीर्को याल परीक्षण गर्दा उक्त भाइरस पुष्टि भएको तथा कालिकोटका बिरामीर्को याल परीक्षणका लागि ल्याएको महाशाखाले जनाएको छ ।
मौसम परिवर्तनसँगै सुरु हुने भाइरल ज्वरोले जिउ, घाँटी र टाउको दुख्ने तथा नाकबाट पातलो पानी बग्ने, ज्वरो आउनेजस्ता लक्षण देखापर्ने गर्दछ । स्वास्थ्य जाँच गरेर औषधि खाएमा एक हप्तामै पूर्णरुपमा निको हुने चिकित्सकले बताउँदै आएका छन् ।