यस्ता थिए ‘भुनियाँ’ का ‘रियल ग्रुपफाईट’ (भिडियोसहित)
कस्ता छन् ‘भुनियाँ’का हुनेवाला पति ?
काठमाडौं । मोरङको उर्लाबारी घर भएकी हरिसा बानिया ‘भुनियाँ’ एक सफल हाँस्य कलाकार हुन् । मोडलिङबाट सुरु भएको उनको अभिनय यात्रा सफलताको सिँढी चढ्दो छ ।
सुरुमा ‘बोकेदाह्री’ एल्बमको गीतमा अभिनय गरेकी बानियाको रुप एका– एक चर्चित टेलीश्रृंखला ‘मेरी बास्सै’ बाट फेरिएको हो । अर्थात् उनलाई हरिसा भन्दा पनि ‘भुनियाँ’ कै रुपमा चिन्छन् धेरैले ।
‘मेरी बास्सै’का केही एपिसोडमा मात्र देखिएकी बानियालाई त्यसपछि कहिल्यै पछि फर्केर हेर्नु परेन । प्राय अभिनयबाट भन्दा स्टेज कार्यक्रमबाटै पैसा कमाउन सफल भएको उनको भनाइ छ ।
जीवनभर यही पेशा अंगालेर अघि बढ्ने उनको लक्ष्य रहेको बताउँछिन् । नेपालआजले यही साता उनीसँग गरेको अन्तरवार्तामा बिहे हुने कुरा सार्वजनिक गरेकी छन् ।
प्रबिन दाहालसँग भएको यस अन्तरवार्ताको क्रममा उनले हुनेवाला श्रीमानको बारेमा केही रोचक प्रसंग पनि ‘शेयर’ गरेकी छन् । बानियाले चाँडै नै बिहे हुन लागेको पनि बताएकी छन् ।