खेल

डीपीएलको रणनीतिक खेलाडी, टिम र मालिकको घोषणा

डीपीएलको रणनीतिक खेलाडी, टिम र मालिकको घोषणा

धनगढी प्रिमियर लिग (डीपीएल) को रणनीतिक खेलाडी, टिम र मालिकको घोषणा भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडमीले बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा आउँदो चैत ९ गते देखि अर्को वर्षको वैशाख १ गते सम्म सञ्चालन हुने प्रतियोगिताको रणनीतिक खेलाडी, टिम र मालिकको घोषणा गरेको हो ।

पहिलो पटक डी पी एल खेल्न लागेको महेन्द्रनगर युनाईटेडको रणनीतिक खेलाडीमा विनोद भण्डारी रहेका छन् भने पूर्व विजेता टिम चौराहाको रणनीतिक खेलाडीमा सोमपाल कामी रहेका छन् ।

यसैगरी, सी वाई सी अत्तरीयामा दिपेन्द्र सिंह ऐरी, रुपनदेही च्यालेन्जर्समा शक्ती गौचन, काठमाडौँ गोल्डेन्समा ज्ञानेन्द्र मल्ल र बिराटनगर किङ्गस्मा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का रणनीतिक खेलाडीमा चयन भएका छन् ।

रणनीतिक खेलाडीलाई कम्तीमा २ लाख रुपैँया प्रदान गरिने पनि आयोजकले जनाएको छ । प्रतियोगितामा ६ शहरका ६ टोलीबीच टि २० को आधारमा खेल खेलाईने छ ।

प्रतियोगितामा विजयी हुने टोलीले २५ लाख, दोस्रो हुने टोलीले १० लाख, तेस्रो हुने टोलीले ३ लाख र चौथो हुने टोलीले २ लाख रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।

DPL

विशेष