मनोरञ्जन

३७ वर्षे सिंगल नेहाका प्रेमी युवाराज देखि दन्त चिकित्सकसम्म

३७ वर्षे सिंगल नेहाका प्रेमी युवाराज देखि दन्त चिकित्सकसम्म


एजेन्सी । अभिनेत्री नेहा धुपिया ३७ वर्षकी भइन् । पछिल्लो समय ‘हिन्दी मिडियम’, ‘तुम्हारी सुलु’जस्ता फिल्ममा अभिनय गरे पनि हिरोइनका रूपमा उनको करिअर उँचो भने छैन ।


उनको नाम विभिन्न पुरुषसँग जोडिने गरेको छ । तर, उनी अहिलेसम्म अविवाहित नै छिन् । नेहाको अफेयरबारे भारतीय अनलाइनले एउटा रिपोर्ट तयार गरेको छ ।

नेहाको पहिलो प्रेम राष्ट्रिय स्तरका स्कबेस खेलाडी ऋतिक भट्टाचार्यसँग थियो । ‘कयामत’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी नेहाको ऋतिकसँग लामै समय प्रेम चल्यो । नेहा र ऋतिकको सन् २००० मा भेट भएको थियो ।

भेटेको केही समयपछि उनीहरूबीच प्रेम भयो । उनीहरू झन्डै १० वर्ष रिलेसनमा रहे । उनीहरूले बिहे गर्ने खबर पनि फैलिएको थियो । तर, उनीहरूको एकाएक ब्रेकअप भयो ।

नेहाले ऋतिकसँग आफू नै छुट्टिएको बताएकी थिइन् । ऋतिक रियालिटी सो फेयर फ्याक्टर–खतरोँके खेलाडीका रनर अपसमेत थिए । नेहासँग छुट्टिएपछि उनले पिया त्रिवेदीसँग बिहे गरे ।

नेहाको नाम क्रिकेटर युवराज सिंहसँग पनि जोडियो । नेहा र युवराज सन् २०१४ मा प्रेममा परेका थिए । अभिनेत्री, गायिका सोफी चौधरीको बर्थ डे पार्टीमा गएका वेला नेहाको भेट युवराजसँग भएको थियो । त्यसपछि उनीहरू धेरै ठाउँमा सँगै देखिए । उनीहरूबीच केही समय अफेयर चल्यो । तर, नेहाले आफू र युवराज प्रेममा नभएको दाबी गरिन् । त्यसको केही समयपछि युवराजले हेजल किचसँग इंगेज्मेन्ट गरे ।

क्रिकेटर युवराजपछि नेहाको नाम अमेरिका निवासी दन्त चिकित्सक जेम्स सिल्बेस्टरसँग जोडियो । खबरअनुसार नेहाले जेम्सलाई आफ्नो प्रेमको यस्तो मोहमा पारेकी थिइन् कि, नेहाकै कारण जेम्स मुम्बई सरेका थिए । तर, केही समयपछि जेम्ससँग पनि नेहाको प्रेम टुट्यो । यीबाहेक पनि नेहाका अन्य केही पुरुषसँग पनि नाम जोडिने गरेको छ ।

फिल्मी करिअरले गति लिन नसकेपछि अफेयरको मामलामा भने नेहा चलाख नै मानिन्छिन् । केही समययता भने नेहा सिंगल रहेको बताइन्छ ।

विशेष