मनोरञ्जन

प्रेमी रणवीरका बारेमा दीपिकाको यस्तो खुलासा

प्रेमी रणवीरका बारेमा दीपिकाको यस्तो खुलासा


एजेन्सी । बलीउडका नायक रणवीर सिंहका बारेमा उनको प्रेमीका एवं र नायीका दीपिका पादुकोणले प्रेमीको बानीका बारेमा खुलासा गरेकी छन् ।

दीपिकाको अनुसार रणवीर हरेक सर्ट दिनुअघि आँखामा आई ड्रप्स हाल्छन । त्यति मात्र होइन, रणवीर हरेक सर्ट दिनु अघि पफर्युम छर्कने र माउथ वास प्रयोग गर्ने गरेको पनि उनले बताएकी छन् । रणवीरको यी बानी आफूलाई सामान्य लागे पनि कयौ निर्माता, निर्देशक दिक्दार हुने गरेको उनले बताएकी छन् ।

विगत पाँच वर्षदेखि प्रेममा यी जोडी । फिलिम सुटिङका क्रममा उनीहरु एक अर्कासँग नजिकिएका हुन् ।

केहि समयदेखि उनीहरु बिहे गर्ने तयारीमा रहेको चर्चा चल्ने गरेपनि दुवै जना बिहे गर्ने मानसिकतामा भने छैनन । यी जोडीले यो यसपालिको नयाँ वर्ष भियतनाममा मनाए भने दीपिकाले जनवरी ५ मा पर्ने आफ्नो ३२ औ जन्मदिन भने रणवीका साथ श्रीलंकामा मनाइन् । दुवैको परिवारसँग उनीहरुको सम्बन्ध राम्रो छ ।

विशेष