देश

शहिद सप्ताह सुरू

शहिद सप्ताह सुरू

काठमाडौं । नेपालमा प्रजातन्त्र स्थापनाको लागि जीवन बलिदान गर्नेहरुको सम्झनामा आजदेखि शहीद सप्ताह मनाइदैछ ।

एकतन्त्रिय जहाँनिया राणा शासन विरुद्ध संघर्ष गर्ने क्रममा प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदको सम्झनामा सप्ताह व्यापी रुपमा शहीद दिवश मनाउने गरिन्छ । यही माघ १६ गते विशेष कार्यक्रमका साथमा यो दिवश मनाइदैछ । यो बर्षको शहीद सप्ताहलाई व्यवस्थित बनाउन काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

शहीद सप्ताहको पहिलो दिन आज टेकुको खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको ठाउँमा श्रद्धाञ्जली दिइएको छ । त्यस्तै माघ १३ गते सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा, १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुने मूल समारोह समितिले जनाएको छ ।

यस्तै माघ १६ गते सहिद दिवसका दिन, बिहान रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी हुनेछ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोली सहितको प्रभातफेरी विहान नौ बजे सहिद स्मारक लैनचौर पुगेपछि शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।

विशेष