मुख्य समाचार

किन गर्न लागे ओलीको आकस्मिक पत्रकार सम्मेलन

किन गर्न लागे ओलीको आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो ४ बजे आकस्मिक पत्रकार सम्मेलन गर्दै छन् ।

सरकारले गरेका पछिल्ला राजनीतिक निर्णय र अन्य समसामयिक विषयमा जानकारी दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

सरकारले हिजो मात्र ६५ वर्ष पुगेका वृद्धवृद्धालाई भत्ता दिने र भूकम्प पीडितका लागि थप एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

कामचलाउ सरकारले नियुक्ति र सस्तो लोकप्रियताका लागि गरिएका निर्णयले दुरगामी असर पर्ने भन्दै एमाले लगायतका वाम गठबन्धनले आपत्ति जनाउँदै आएको छ ।

विशेष