स्वास्थ्य

बजारमा धमाका पिट्दै छ अदुवा कण्डमले

बजारमा धमाका पिट्दै छ अदुवा कण्डमले


एजेन्सी । कण्डम उत्पादक कम्पनीहरुले मार्केटिङका लागि केही न केही प्रयोग गरिरहेका हुन्छन् । कहिले नयाँ नयाँ प्रकारका माध्यमबाट त कहिले अनौठो फ्लेवरबाट ।

चकलेट, बटर स्कच, स्ट्रबेरी जस्ता फ्लेवरको कण्डमले यसअघि नै बजारमा धमाका पिटिसकेका छन् । कण्डम उत्पादक कम्पनी मेनफोर्सले हालै एक अनौठो वासना भएको कण्डम सार्वजनिक गरेको छ । सायद दुनियामा पहिलोपटक कम्पनीले अदुवाको बासना आउने कण्डम लञ्च गरेको हो ।

कम्पनीले यो कण्डमको बाहिरी खोलको लुक्स पनि आफ्नो ट्विटर पेजमा सार्वजनिक गरेको छ । अदुवा कण्डमको घोषणासँगै ट्विटेहरु जुर्मुराएका छन् । ट्विटरमा यस विषयमा अनेक प्रकारका प्रतिक्रियाहरु प्राप्त भईरहेका छन् ।

एकजना प्रयोगकर्ताले भनेका छन्, ‘म्यानफोर्स प्रयोग गरौँ, खोकी भगाऔँ ।’ एकजना प्रयोगकर्ताले चाहीँ के यो अदुवा कण्डमलाई चियामा हालेर खान सकिन्छ ? भनेर प्रश्न गरेका छन् ।

स्मरण रहोस् यो कम्पनीले अचार फ्लेवरको कण्डम ल्याएको थियो ।

विशेष