Technology

युट्यूबबाट पैसा कमाउन चाहनुहुन्छ ? जान्नुहोस् युट्यूबको नयाँ नियम

युट्यूबबाट पैसा कमाउन चाहनुहुन्छ ? जान्नुहोस् युट्यूबको नयाँ नियम

काठमाडौं । पैसा कमाउने उद्देश्यले युट्यूब च्यानल खोल्दै हुनुहुन्छ ? पर्खनुहोस् ! यूट्यूबले नयाँ नियम लागु गरेको छ ।

अब स–साना फूटेज भिडियो र सामान्य तरिकाबाट युट्यूबमा पैसा कमाउन त्यति सजिलो छैन् । रमाइला भिडियो र अर्काका भिडियो चोरेर तोडमरोड गर्दै आफ्नो बनाएर पैसा कमाउनेका लागि युट्यूब त्यति सहज छैन अब । यसले गर्दा युट्यूबर बनेर पैसा कमाउने सोच बनाएका व्यक्तिलाई निराश बनाएको हुन सक्छ ।


त्यसो त अर्काका कन्टेन्ट पढेर भिडियो बनाएर पैसा कमाउनेका लागि युट्यूबले यसो गर्नु ठिकै पनि हो । अब दर्शकलाई झुक्काएर भिडियो पोस्ट गर्नेलाई सले पक्कै निरुत्साहित बनाउँछ ।

युट्यूबको नयाँ नियमले गर्दा अब गुणस्तरीय र जानकारीमूलक भिडियो दर्शकले हेर्न पाउनेछन् । नयाँ नियमले भ्रम फैलाउनेलाई पनि कडाई गरेको छ । केही साताअघि मात्रै जापानको एउटा जंगललाई आत्महत्या गर्ने थलोको रुपमा चिनाउँदै भ्रम फैलाइएको एउटा भिडियो युट्यूबले हटाएको छ ।

पहिले युट्यूबबाट १० हजार भिवर भएपछि युट्यूबबाट पैसा पाइन्थ्यो । अब युट्यूबबाट पैसा कमाउन एक वर्षमा च्यानलको एक हजार नयाँ सब्स्क्राइबर हुनुपर्ने र ४ हजार घण्टासम्म भिडियो हेरेको हुनुपर्ने छ । १ वर्षमा ४ हजार घण्टा नहेरिएका र एक हजार नयाँ सब्सक्राइब्र्स नभएका युट्यूब च्यानल पैसा कमाउनका लागि अयोग्य हुने भएका छन् ।

पैसा कमाउने उद्देश्यले युट्यूबमा जथाभावी भिडियो राखिएको भन्दै युट्यूबले नियमलाई कडाइ गर्दै बुधबारदेखि लागू गर्ने गरी नयाँ नियम बनाएको हो ।

विशेष