प्रवास

अमेरिकामा हत्या गरिएका मनिष पाण्डेको हत्यामा संलग्न २ पक्राउ

अमेरिकामा हत्या गरिएका मनिष पाण्डेको हत्यामा संलग्न २ पक्राउ

एजेन्सी । अमेरिकाको टेक्सस राज्यको ड्यालसस्थित गारल्याण्डस्थित एक्जोन ग्यास स्टेसनमा मारिएका नेपाली युवा मनिष पाण्डेका हत्याराहरू फेला परेका छन् ।

फक्स ४ न्यूजका अनुसार हत्या अभियोगमा २३ वर्षीय डारेल दिवान नाश र १९ वर्षिय चाभेज टेरी नाश टेक्ससबाटै पक्राउ परेका हुन् । सीसीटिभी फुटेजका आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । उनीहरूका बारेमा सुराक दिन प्रहरीले ५ हजार अमेरिकी डलर पुरस्कार घोषणा गरी व्यापक खोजी अभियान सञ्चालन गरेको थियो ।

शनिवार राती करिब ११ बजेतिर मनिषमाथि लुटेराहरूले गोली हानेर भागेका थिए । ३५ वर्षीय मनिषको घटानस्थलमै मृत्यु भएको थियो ।

विशेष