‘पद्मावत’ को बारेमा दीपिकाले यसो भनिन्..........

फिल्म ‘पद्मावत’ २५ जनवरी अर्थात आज बाट रिलीज भएको छ । ‘पद्मावत’ फिल्म पछिल्लो पटक विवादमा मुछिएको फिल्म हो । फिल्मको विषयलाई लिएर निकै चर्चा समेत चलेको छ ।
यता फिल्मकी अभिनेत्री दीपिका पादुकोणले भने फिल्मले धमाकेदार बिजनेस गर्ने बताएकी छिन् । संजय लीला भंसालीद्धारा निर्देशित फिल्मले निकै ठुलो सफल्ता हात पार्न सक्ने र फिल्मलाई सबैले रुचाउने प्रतिक्रिया दिएकी छिन् ।
यस अघिका फिल्ममा बक्स अफिसले के कस्तो बिजनेस गर्ने गरेको छ त्यसमा आफुले खासै चासो नदिएको तर यस फिल्मको प्रदर्शन र त्यसपछि गर्ने व्यापारलाई लिएर निकै उत्साहित रहेको बताएकी छिन् । बलिउड क्षेत्रमा प्रवेश गरे देखिनै सफल्ता हात पार्दै आएकी पादुकोण प्राय बलिउडमा चर्चामै रहने नायीका मध्ये एक हुन् ।
dipika padukon Padmawat