स्वास्थ्य

२४ वर्षमा साढे १० हजार आँखाको नानी प्रत्यारोपण

२४ वर्षमा साढे १० हजार आँखाको नानी प्रत्यारोपण

काठमाडौं। राजधानीको गौशालास्थित नेपाल आँखा बैंकमा हालसम्म ७० हजार जनाले आँखा दानका लागि इच्छापत्र जाहेर गरेका छन् । सन् २०१७ मा ८ सय २० वटा आँखाको नानी संकलन गरेको आँखा बैंकले जनाएको छ ।

मृत्युपश्चात आँखाको नानी दान गर्नेको संख्या बढ्दै गएको आँखा बैंकका प्रबन्धक शंखनारायण त्वायनाले बताउनुभयो । यद्यपि चेतना अभावका कारण आँखा दान गर्नेको संख्या सोचेजति नबढेको उहाँको भनाई छ ।

सन् २०१३ मा ६ सय ३७ जनाले आँखा दान गरेकोमा २०१४ मा यो संख्या बढेर ७ सय ९ पुगेको थियो । यस्तै, २०१५ मा ६ सय १ र २०१६ मा ७ सय ११ जनाले आँखा दान गरेको बैंकको तथ्याङ्क छ । आजको कान्तिपुरमा खबर छ ।

विशेष