एकै घरका दुई बालकको डुबेर मृत्यु

दाङ । पौडी खेल्नेक्रममा बुधबार अपराह्न तुलसीपुर उपमहानगरपालिका–५ नयाँबसपार्कनजिक रहेको पातुखोलामा डुबेर एकैघरका दुईजनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सल्यान, शारदा नगरपालिका–११ हिउल्चाका लोकेन्द्र कवरका १२ वर्षीय छोरा राजकुमार कवर र १० वर्षीय कुमार कवर छन् ।
उनीहरू बुधबारमात्रै सल्यानबाट दाङ आएका थिए ।