मनोरञ्जन

आयो ‘‘स्टूडेन्ट अफ द ईयर २’ को नयाँ पोष्टर

आयो ‘‘स्टूडेन्ट अफ द ईयर २’ को नयाँ पोष्टर


काठमाडौं । फिल्म ‘स्टूडेन्ट अफ द ईयर २’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा बलिउड एक्टर टाइगर श्राफको नयाँ अवतार देख्न सकिन्छ । खुल्ला सर्टमा उनको सिक्सप्याक शरीरलाई पोष्टरमा आकर्षक तरिकाले देखाइएको छ । यस्तैमा यो फिल्मको रिलिज डेट पनि घोषणा गरिएको छ ।

धर्मा प्रोडक्शनको ब्यानरमा बनेको यो फिल्मलाई वर्ष २०१८, २३ नोभेम्बरमा रिलिज गर्ने निर्णय गरिएको छ । ‘स्टूडेन्ट अफ द ईयर २’ मा टाइगर श्राफ लिड रोलमा देखिँदैछन् । चंकी पान्डेकी छोरी अनन्या पान्डेपनि यही फिल्मबाट बलिउडमा डेब्यु गर्दै्छिन् ।

‘स्टूडेन्ट अफ द ईयर’ २०१२ मा आएको थियो । यसलाई करण जोहरले निर्देशन गरेका थिए । यो फिल्मबाट सिद्धार्थ मल्होत्रा, वरुण धवन र आलिया भट्टले बलिउडमा डेब्यु गरेका थिए ।

विशेष