समाज

नेपाली पर्वतारोहणकी अध्येता एलिजावेथ हली रहिनन्

नेपाली पर्वतारोहणकी अध्येता एलिजावेथ हली रहिनन्

काठमाडाैं । नेपालका अग्दा हिमाल अाराेहणकाे अभिलेख राख्दै अाएकी एकजना विदेशी अध्यता एलिजावेथ हलीकाे निधन भएकाे छ । विगत ५० वर्षदेखि हिमालय अाराेहणसम्बन्धी अभिलेखिकरण गर्दै अाएकी हलीकाे ९४ वर्षकाे उमेरमा काठमाडाैंस्थित एक अस्पतालमा निधन भएकाे हाे । 

 

सन् १९६० यता लगभग सबैजसो समय उनी नेपाल बस्दै आएकी उनकाे काठमाडौंको कपुरधारास्थित सिवेक अस्पतालले निधन शुक्रवार बिहान भएको पुष्टि गरेको छ।

 

पत्रकारसमेत रहेकी उनी रोयटर्स र टाइम जस्ता प्रतिष्ठित पत्रिकाहरूमा काम गर्थिन्। सन् १९२३ मा जन्मिएकी हलीले मिसिगन विश्वविद्यालयमा पढेकी थिइन्। न्यूयोर्कस्थित फर्च्युन पत्रिकामा अनुसन्धानकर्ताको रुपमा काम गरिरहँदा उनी आफ्नो जागिर छोडेर विश्व भ्रमणमा निस्किएका बेला काठमाडौं आएकी थिइन्।

 

त्यसपछि नै उनी हिमालबारे अनुसन्धान गर्न प्रेरित भइन् र सन् १९६३ देखि हिमाल आरोहणसम्बन्धी विवरणहरू संकलन गर्दै आएकी थिइन्। उनले ‘द हिमालयन एक्सपिडिसन’ नामक वेबसाइटमा पर्वतारोहणसम्बन्धी सबै अभिलेखहरू तथ्यांकसहित राखेकी छन्।

 

उनले सन् १९८८ देखि सन् २००७ सम्म नेपालबारे लेखेका सामग्रीहरूलाई संकलन गरी तयार पारिएको ‘द नेपाल शिन’ नामक पुस्तकको दुई भाग प्रकाशित छ।

 

विशेष