मनोरञ्जन

पद्मावतका कारण रिलीज भएनन् नेपाली चलचित्र, यस्तो छ ‘लालपुर्जा’ र ‘पिंजडा ब्याक अगेन’काे अवस्था

पद्मावतका कारण रिलीज भएनन् नेपाली चलचित्र, यस्तो छ ‘लालपुर्जा’ र ‘पिंजडा ब्याक अगेन’काे अवस्था

काठमाडाैं । शुक्रबार नेपालका फिल्म हलमा कुनै पनि नेपाली फिल्म रिलीज भएको छैन् । लामो समयदेखि निकै विवादमा आएको संजयलिला बन्सालीको बहुप्रतिक्षीत बलीउड चलचित्र पद्मावत भने बिहीबारबाट पदर्शनमा आएका कारण नेपाली फिल्म हलमा नेपाली फिल्म रिलीज नगरिएको हो ।

 

गत माघ ४ गते बाट उपत्यका बाहिर र ५ गतेबाट राजधानी भित्र प्रदर्शनमा आएका दुई फिल्म ‘लालपुर्जा’ र ‘पिंजडा ब्याक अगेन’ अहिले पनि नेपाली फिल्म हलमा लागि रहेको छ । तर फिल्मको को व्यापारमा राम्रो नभएको बताईएको छ ।

प्रदर्शन पूर्वप्रतिक्षीत मानिएका यी दुई फिल्म बक्स अफिसमा नराम्रोसँग पछारिएका छन् । ‘लालपुर्जा’ भन्दा ‘पिंजडा ब्याक अगेन’को कलेक्सन केही राम्रो भने छ । निखिल उप्रेतीको क्रेज शनिवार हलमा गजब देखिएपनि आइतवारबाट उनका जबर्जस्त फ्यानले पनि बाटो मोडेका थिए ।

 

लगातार आफ्नो बलियो स्टारडमलाई कमजोर प्रमाणित गरिरहेका निखिललाई ‘पिंजडा ब्याक अगेन’ असफल हुँदा ठूलो घाटा भएको छ ।

 

यसैबिच नायक सौगात मल्ललाई पनि ‘लालपुर्जा’ ले उनको करिअरमाथी प्रश्न चिन्ह खडा गरेको छ । भर्सटायल एक्टरको रुपमा आफूलाई स्थापित गराएपनि उनलाई अहिले बक्स अफिसको सबैभन्दा कमजोर खेलाडी मानिन थालिएको छ ।

 

नायक विपिन कार्कीको पनि हाल यही छ । महंगो नायकको रुपमा कहलिएका विपिनलाई ‘लालपुर्जा’ ले अब सस्तो बनाएको चर्चा रहेको छ ।

विशेष