मनोरञ्जन

किन चल्यो वर्षाको चर्चा ?

किन चल्यो वर्षाको चर्चा ?

काठमाडाैं । यतिबेला नेपालका सञ्चारमाध्यममा वर्षा सिवाकोटिको चर्चा धेरै नै चल्न थालेको छ । नयाँ फिल्म ‘रानीमहल’ला लिएर उनको चर्चा चुलिएको हो । दुई नयाँ नायकलाई अनुबन्धित गर्दै बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको शुभमुहर्त गरिएको छ । 

 

हिमाल न्यौपानेले निर्देशन गर्ने फिल्मको माघ तेस्रो साताबाट छायांकन सुरु हुँने बताईएको छ । फिल्ममा वर्षा सिवाकोटी, प्रशान्त ताम्राकार, आशिष अधिकारी, साहिल श्रेष्ठ, मानस्वी खरेल, नीर शाह, बिएस राना, केशव भट्टराई, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल लगायतका कलाकारहरुको अभिनय रहने छ । फिल्मका निर्माता बिमल भुसाल हुन् ।

वर्षाको चर्चा

वर्षाको चर्चाको मुख्य कारण भनेको उनको बोल्ड अवतार हाे । पहिलो पटक वर्षालाई बोल्ड लुक्समा देखिएको प्रायले बताएका छन् । फिल्म रानीमहलको प्रेसमिटमा बर्षा बोल्ड अवतारमा उपस्थित भइन् । उनले लगाएको पहिरनले सबैको ध्यान तानेको थियो । धेरैले आउँदै गरेको चलचित्रमा वर्षालाई बोल्ड रुपमा देख्न पाइने अटकल काटेका छन् ।

विशेष