फेरि बढ्यो इन्धनको भाउ
काठमाडौँ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ ।
निगमका अनुसार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ । ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको निगमका अधिकारीले जानकारी दिएका छन् ।
काठमाडौंमा अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ, डिजेल र मटितेल प्रतिलिटर ७९ रुपैयाँ र ग्यास प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँमा किनबेच हुनेछ ।