‘गरुड पुराण’ घोषणा
काठमाडौं । चलचित्र ‘गरुड पुराण’ निर्माण हुने भएको छ । काठमाडांैमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सुवास कोइराला र सुशन प्रजापतिले निर्देशन गर्ने चलचित्रको घोषणा गरिएको हो ।
आफ्नो अस्तित्वको खोजीमा रहेका केही पात्रहरूको कथालाई चलचित्रमा उतारिने निर्माण युनिटले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
अजित फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा कर्मा, प्रविन खतिवडा, कामेश्वर चौरासिया, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, लुनिभा तुलाधर, प्रकाश घिमिरे, बसन्त भट्टको मुख्य भूमिका रहनेछ ।
अजित प्रजापति र अशोक गौतमको लगानीमा बन्न लागेको फिल्ममा कसम नेपालको कथा, सुवास कोइराला, आकाश बराल र विनोद खतिवडाको पटकथा, आकाश बरालको संवाद, कोसिस क्षेत्री र सतिज श्रेष्ठको संगीत चलचित्रमा रहनेछ । फिल्मलाई सुसन प्रजापतीले खिच्नेछन् ।
चलचित्रको छायांकन आउँदो बिहिबारबाट सुरु हुने बताइएको छ ।