यी ओलम्पियन खेलाडी यौन शोषणमा परेकी थिइन
माघ । रियो ओलम्पिकमा ४ स्वर्ण जितेकी अमेरिकी जिम्न्याष्ट सिमोना वाइल्सले टिम डाक्टर लेरी नास्सरले आफ्नो यौन शोषण गरेको खुलासा गरेकी छन् ।
२० वर्षीया वाइल्सले भनिन्, ‘मलाई थाहा छ कि यो भयानक अनुुभव मसँग रह्यो । तर मसँग त्यो भन्दा धेरै तागत छ ।’
वाइल्सले ट्वीटरमार्फत आफ्नो यौनशोषण भएको सार्वजनिक गरेकी हुन् ।
नस्सारलाई बच्चाको यौन शोषणको तस्वीर राखेको अभियोगमा ६० वर्षको जेल सजाय सुनाइएको छ । र, उनले यो पनि स्वीकार गरेका छन् कि उनी जिम्न्याष्टहरुलाई कुटपिट गर्थे ।
ग्याबी डगलससहित तीन पूर्व अमेरिकी जिम्न्याष्टले नस्सारमाथि उपचारको बहानामा यौन शोषण गर्ने गरेको गम्भीर आरोप लगाएका थिए ।
नस्सारलाई यसै महिना महिला जिम्न्याष्टलाई कुटपिट गरेको आरोपमा पनि सजाय सुनाइनेछ ।
५४ वर्षीय ल्यारी नस्सारलाई गत डिसेम्बरमा आफ्नो कम्प्युटरमा बच्चाहरुलाई यौन शोषण गर्दै गरेको तस्वीर राखेको लगायत तीन अभियोगमा सजाय सुनाइएको थियो । नस्सारका वकिलले बीबीसीलाई भनेका छन् कि उनी वाइल्सको आरोपमाथि कुनै टिप्पणी गर्ने छैनन् ।
ल्यारी नस्सार सन् १९८० देखि सन् २०१५ मा जिम्मेबारीबाट ननिकालुन्जेल अमेरिकी जिम्न्याष्टिकसँग जोडिएका थिए । उनको बिरुद्धमा १३० भन्दा बढी महिलाहरुले आरोप दर्ता गराएका छन् ।