सावधान ! हाछयु रोक्ने प्रयास गर्दै हुुनुहुन्छ ? मृत्यु होला
एजेन्सी । के तपाईले कहिल्लै सोच्नु भएको छ, हाछ्यु रोक्ने प्रयास गर्दा तपाईको ज्यान जान पनि सक्छ ?
जब तपाईले हाछ्यु रोक्नका लागि नाक वा मुख बन्द गर्नुहुन्छ भने यसले गम्भिर घटना निम्त्याउन सक्ने चिकित्सकले चेतावनी दिएका छन् । इन्ग्ल्याण्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको हाछ्यु रोक्ने प्रयास गर्दा गलाको कोशिका फाटिएको उपचारका क्रममा पत्ता लागेको छ ।
पीडितका अनुसार, जब उनले हाछ्यु रोक्ने प्रयास गरे गर्दनमा केही पड्ेके जस्तो भयो । त्यसको तगत्तै उनलाई गर्दनमा असह्य पिडा महसुश हुन थाल्यो, केही निल्न गाह्रो हुने तथा बोल्न पनि नसक्ने अवस्था भयो । चिकित्सकले जाँच्ने क्रममा पीडितको गर्दन वरपर सुन्निएको पाए । हाछ्यु रोक्ने प्रयास गर्दा दबाव परेर श्वास नलीका कोशिका फुटेको एक्स–रेबाट पत्ता लाग्यो ।
गलालाई पुरै ठिक पार्न ती व्यक्तिले कम्तिमा एक हप्ता ट्युबको सहाराले खाना खानु परेको थियो । ‘साइन्स जर्नल बीएमजे केस रिपोर्ट’मा चिकित्किसकले भनेका छन्, ‘जब तपाई हाछ्यु रोक्ने प्रयास गर्नुहुन्छ, तब तपाईको कानमा नोक्सान पुग्न सक्छ । यहाँसम्म कि दिमागको नसा पनि फाट्न सक्छ ।’ लेस्टर रोयल इन्फर्मरीका चिकित्सकले नाक र मुख बन्द गरेर हाछ्यु गर्न खतरनाक हुनसक्ने समेत बताएका छन ।
विशेषज्ञका अनुसार, हाछ्युबाट रोग फैलन्छ, तर कुनै पनि क्षतिबाट बच्नका लागि यसलाई बाहिर निकाल्नु पर्छ । हाछ्यु आएका बेला रुमाल तथा कपडाले मुख छोप्नुपर्छ ।