स्वास्थ्य

डा बाबुराम भट्टराई महिनावारी शिक्षा सिकाउँदै

महिलाले स्यानीटरी प्याड कसरी लगाउने भट्टराईले दिए यस्तो सुझाव

डा बाबुराम भट्टराई महिनावारी शिक्षा सिकाउँदै


काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अहिले फुर्सदिला भएका छन् । चुनावी चटारो पनि अहिले सकिएको छ । संसदको काम कारबाही अहिलेलाई स्थगीत जस्तै भएको छ । उक्त अवसरमा अहिले डाक्टर भट्टराईले महिलाले लगाउन स्यानीटरी प्याडका बारेमा जानकारी दिन थालेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो लेखेका छन् ।

 

महिलाहरूले प्रयोग गर्ने स्यानिटरी प्याडवारे देशको एउटा पूर्व प्रमले फेसबूक मार्फत चर्चा गर्दा तपाईंलाई आश्चर्य लाग्ला, रिस उठ्ला ? एक छिन पर्खनोस्?

 

भारतीय गणतन्त्रदिवसको पूर्वसन्ध्यामा भारतीय राजनीतिवारे बुझ्ने मनसायले टिभी च्यानल चाहार्दै जाँदा जी न्यूजको एउटा कार्यक्रमले मनमस्तिकमा नराम्रो झट्का दियो ?

 

भारतका ४० करोडमध्ये १२ प्रतिशत महिलाले मात्र महिनावारी भएका वेला सुरक्षित स्यानिटरी प्याड प्रयोग गर्दा रहेछन् बाँकी ८८५ ले फोहोर कपडा, पराल, खरानी आदि प्रयोग गर्दा रहेछन्। जसका कारणले ७० प्रतिशतलाई विभिन्न यौनांगजन्य रोग लाग्दो रहेछ ? २४ प्रतिशत किशोरीहरू महिनावारी भएका वेला स्कूल नजादारहेछन् ।

 

यसका विरूद्ध जनस्तरमा अभियान चलाउने र स्यानिटरी प्याड सर्वसुलभ रूपमा उपलव्ध गराउन सिर्जनात्मक आविष्कार गर्ने १६ जनालाई गणतन्त्रदिवसको अवसरमा राष्ट्रिय सम्मान दिइँदैरहेछ ? यसै विषयमा केन्द्रित एउटा फिल्मपनि बनेको रहेछ ?

 

के तपाईं हामीले हाम्रो देशमा यो समस्यावारे कहिल्यै सोचेकाछौं ? कहिलेकाहीं हामी मध्य र सुदूर–पश्चिमका विकट पहाडी जिल्लामा छाउपडी प्रथाद्वारा महिलाहरूको मृत्यु भएको समाचार सुन्छौं र केही दिन उद्वेलित हुन्छौं। तर गरीवी, अशिक्षा, अन्धविश्वासबाट ग्रसित हाम्रो समाजमा हाम्रा महिलाहरू सुरक्षित स्यानिटरी प्याडको अभावमा कति पीडाबाट गुज्रीरहेका होलान् र अकालमै मरिरहेका होलान् भन्ने कहिल्यै सोचेका छौं ?

 

अब सोच्न ढिलो र आलटाल नगरौं ? क्रान्ति, परिवर्तन, समृद्धि यस्तै झिनामसिना र अप्रिय कुराबाटै शुरू हुन्छन् भन्ने नभुलौं ।। आगे जो मर्जी

विशेष