स्वास्थ्य

डाक्टर सन्दुक रुइतलाई भारतीय पद्यमश्री अवार्ड

डाक्टर सन्दुक रुइतलाई भारतीय पद्यमश्री अवार्ड

काठमाडौं । नेपालका आँखा सर्जन एवं तिलगंगा इन्स्टिच्युट अफ अप्थाल्मोलोजीका संस्थापक डा सन्दुक रुइतलाई भारत सरकारले ६९ औं गणतन्त्र दिवस अवसरमा पद्यश्री पदक प्रदान गरेको छ।

नेपालका आँखा सर्जन एवं तिलगंगा इन्स्टिच्युट अफ अप्थाल्मोलोजीका संस्थापक डा।सन्दुक रुइतलाई भारत सरकारले ६९ औं गणतन्त्र दिवस अवसरमा पद्यश्री पदक प्रदान गरेको छ। भारत सरकारले प्रदान गर्ने यो चौथो ठूलो पदक हो।

दार्जिलिङमा विद्यालय शिक्षा लिएका रूइतले लखनउस्थित किङ जर्ज मेडिकल कलेजबाट छात्रवृत्तिमा एमबिबिएस र अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सबाट एमडी गरेका छन्।

एशिया तथा अफ्रिकाका एक लाखभन्दा बढीको आँखा सर्जरी गरेको, मोतिबिन्दू सर्जरीको मूल्य घटाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै रुइतलाई पदक प्रदान गरिएको भारत सरकारको प्रेस इन्फरमेशन ब्युरोले उल्लेख गरेको छ।

भारत सरकारले यो पदक भारतीय नागरिक तथा भारतीय समाजलाई योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान प्रदान गर्दै आएको थियो। भारत सरकारको यो सम्मानित पदक पाउने रुइत दोस्रो नेपाली हुन्।

कुटनीतिक विश्लेशकहरूले सन् २०१५ मा नेपालमाथि अमानवीय नाकाबन्दी लगाएपछि गुमेको छवि पुर्नस्थापित गर्ने प्रयास अन्र्तगत भारतले ‘पदक कुटनीति’ सुरु गरेको टिप्पणी गरेका छन्।

गत वर्ष भारतीय क्रिकेट कप्तान विराट कोहलीसँगै नेपालकी समाजसेवी अनुराधा कोइरालालाई यो पदक दिइएको थियो।

विशेष