यौन दुर्व्यवहार प्रकरण: अमेरिकाको जिम्न्यास्टिक बोर्डकाे निर्देशक समितिका सबैकाे राजीनामा
एजेन्सी । अमेरिकाको जिम्न्यास्टिक बोर्डकाे निर्देशक समितिका सबै सदस्यले राजीनामा दिने निर्णय गरेका छन् । ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई उपयुक्त ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटिले कारबाही गर्ने तयारी गरेपछि गरेपछि उनीहरूले राजीनामा दिन लागेका हुन् ।
जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासरलाई किशोरी खेलाडीहरूमाथि यौन दुव्र्यवहार गरेकामा १ सय ७५ वर्षको सजाय सुनाइएपछि अमेरिकी ओलिम्पिक कमिटीले बोर्डका पदाधिकारीलाई राजीनामा दिन अल्टिमेटम दिएको थियो । १८ सदस्यीय जिम्न्यास्टिक बोर्डका ५ जनाले राजीनामा दिइसकेका छन् ।
बाँकी सदस्यले पनि पद छाड्ने निर्णय गरेका छन् । ल्यारी नासर यौन दुव्र्यवहार प्रकरणलाई उपयुक्त ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटीले या त बोर्ड भंग गरिनुपर्ने वा उसले खेलकुद निकायको मान्यता गुमाउने चेतावनी दिएको थियो ।