क्रिश गेल, जो रुट, मालिंगा अाइपिएलकाे पहिलाे चरणमा बिकेनन्
इण्डियन प्रिमियर लिग आईपिएलकाे सन् २०१८ काे संस्करणकाे लागि बैंगलोरमा खेलाडी लिलामी प्रक्रिया, अक्सन भइरहेको छ ।
अक्सनको सुरुवाती चरणमा भने केही अाश्चर्य देखिएकाे छ । अाइपिएलकाे इतिहासमा सबैभन्दा ठूला क्रिकेटरमध्यका वेष्ट इण्डिजका क्रिश गेल पहिलो चरणको अक्सनमा बिकेनन् ।
उनको सुरुवाती मूल्य २ करोड भारतीय रुपैयाँ थियो । शनिबारको अर्को आश्चर्यजनक रुपमा नविकेका खेलाडी हुन्, इंग्लिस कप्तान जो रुट र श्रीलंकन बलर लाजिथ मालिंगालाई पनि आईपिएलका कुनै फ्रेन्चाइजी टोलीले चासो देखाएनन् ।
फ्रेन्चाइजी टोलीहरुले चाहेको खण्डमा दुवै खेलाडीलाई आइतबारको अक्सनमा पुनः समावेश गरिनेछ । अर्कोतर्फ इंग्लिस अलराउण्डर बेन स्टोक्सले आईपिएल अक्सनको पहिलो दिनको पहिलो सत्रमा सबैभन्दा धेरै मूल्य पाएका छन् । २ करोड सुरुवाती बोली लागेका उनलाई राजस्थान रोयल्सले १२ करोड ५० लाख भारुमा किनेको छ ।
यसवर्षकाे अक्सनमा पहिलाे पटक नेपाली क्रिकेटर सन्दीप लामिछाने पनि समावेश छन् ।