खेल

मनाङलार्इ पराजित गर्दै थ्री स्टार इटहरी गाेल्डकपकाे विजेता

मनाङलार्इ पराजित गर्दै थ्री स्टार इटहरी गाेल्डकपकाे विजेता

मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा चिरप्रतिद्वन्द्वी मनाङ मर्स्याङदी क्लबलाई १–० गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो ।

इटहरीमा भएको खेलमा थ्रीस्टारले ३७ औं मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो । उनले बिमल घर्ती मगरको पासमा गोल गरेका थिए । तर, मनाङ खेलमा र्फकन सकेन र बुद्धको गोल नै निर्णायक बन्यो ।

जितसँगै थ्रीस्टारले उपाधिसँगै १२ लाख रुपैयाँ हात पारेको छ । थ्री स्टारले डेढ वर्षपछि घरेलु फुटबलमा उपाधि उचालेको हो ।

गत वर्ष अखिल नेपाल फुटबल संघ ९एन्फा० को गैरजिम्मेवारीका कारणले थ्रीस्टार एएफसी कप खेल्नबाट बन्चित भएको थियो । त्यसयता थ्रीस्टारले क्षतिपूर्तिको माग गर्दै फुटबल नखेल्ने घोषणा गरेको थियो । एन्फासँग सहमतिपछि थ्रीस्टार यहि महिना भएको सूदूरपश्चिम खप्तड गोल्डकपबाट फुटबलमा फर्किएको थियो।

यता उपविजेता मनाङले नगद ५ लाख पायो ।

nepali football

विशेष