कालिकोटको हविगतः के खान्छन्, कहाँ बस्छन् ?
काठमाडौँ । खाडाचक्र ४ दलित टोलका ३९ वर्षीय माने विश्वकर्माको ७ जनाको परिवार करिब तीन साताअघि गाउँमा फैलिएको भाइरल ज्वरोले थला पर्यो । छरछिमेकले एक साता खाना बनाएर खुवाए । महामारी फैलिएको खबर पाएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक टोली आएर औषधि दिएपछि ज्वरो कम भएको छ । सबै उठेर बस्न सक्ने भएका छन् ।
६० वर्षअघि बुबा पर्से कामीले बनाएको पुरानो घर भत्किएपछि १३ वर्षदेखि छिमेकीले छाडेको घरमा बस्दै आएका माने र उनकी २९ वर्षीया पत्नी नन्दा शारीरिक अपांगता भएका व्यक्ति हुन् । पाखो बारीको उत्पादनले महिना दिन पनि खान पुग्दैन । सात जनाको यो परिवारमा कमाइ गर्ने कोही छैन ।
कालिकोटमा फैलिएका मुख्य महामारी र क्षति
०५५ मंसिरदेखि फागुनसम्म भर्ता, सुकाटिया, कालिका, मान्म, राम्नाकोट, बदालकोट, नानीकोट, रकु, लालु, कोटवाडा, माल्कोटका बस्तीमा भाइरल
इन्फ्लुएन्जाले १ सय ३७ को मृत्यु, करिब ४ हजार प्रभावित
०५९ माघदेखि चैतसम्म दादुरा, रूघाखोकीबाट १७ को मृत्यु, १ हजार प्रभावित
०६३ चैतदेखि ०६४ असोजसम्म २३ गाविसमा फैलिएको झाडापखाला र हैजाबाट १ सय ५३ को मृत्यु, बदालकोटको खर्ककोटमा एकै परिवारका ७ जनाको मृत्यु,
धौलागोहमा मात्र ४१ जनाको मृत्यु, २ हजार बढी प्रभावित ।
०७२ कालिकोटको मान्म १ चिनाडी कोइरेल गाउँ र मेहेलमुडी ७ तिकुवामा रूघाखोकी र ज्वरोबाट ५ जनाको मृत्यु, ६ सय बढी बिरामी ।
०७४ मंसिर तेस्रो सातायता फैलिएको भाइरल ज्वरोबाट खाडाचक्र ४ मा ३ बालबालिकासहित ८ को मृत्यु, जिल्लाभर ४ हजार बिरामीको उपचार । आजको कान्तिपुर दैनिकमा खबर छ ।