मोहम्मद सामी चम्किएपछि, घरेलु मैदानमा दक्षिण अफ्रिका पराजित
काठमाडौं । मोहम्मद सामीले ५ विकेट लिएपछि भारतले दक्षिण अफ्रिकासँगको टेष्ट श्रीङ्खलामा सान्त्वना जीत हात पारेको छ ।
दक्षिण अफ्रिकाको जोहनेसबर्गमा भएको तेस्रो तथा अन्तिम टेष्टमा ६३ रनले विजयी हुँदै भारतले टेष्ट श्रीङ्खला क्लिनस्वीप हुनबाट जोगाएको हो । २ सय ४१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १ सय २३ रन बनाउँदासम्म मात्र १ विकेट गुमाएको थियो । तर दोस्रो विकेटका रुपमा हासिम अम्ला ५२ रनमा आउट भएपछि दक्षिण अफ्रिका पालैपालो सँग विकेटको पतनको शिकार भयो र दक्षिण अफ्रिकाको इन्डिङ १ सय ७७ रनमा समेटियो ।
डिन एल्गर ८६ रनमा नटआउट रहेपनि टीमलाई जिताउन भने सकेनन् । इग्लर, अम्ला र भेर्नोन फिलान्दरबाहेक दोस्रो पटक दक्षिण अफ्रिकाका सबै ब्याट्स्म्यान दोहोरो अंकमा रन नजोड्दै आउट भए । ४ जना ब्याट्स्म्यान शुन्य रनमै पबेलियन फर्किएका थिए ।
भारतका मोहम्मद सामीले ५, जसप्रित बुमराह र इशान्त शर्माले क्रमशः दुई दुई तथा भुवनेश्वर कुमारले एक विकेट लिए । १२ ओभर ३ बल बलिङ गरेका सामीले २ मेडन राख्दै २८ रन खर्चिए । भारत र दक्षिण अफ्रिकाबिच ६ वटा एकदिवसीय क्रिकेट हुन बाँकी छ ।
भातरले पहिलो पालीमा १ सय ८७ र दोस्रो पटक २ सय ४७ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले पहिलो पटक १ सय ९४ रन बनाएको थियो ।