मनोरञ्जन

नयाँ वर्षमा अर्शीको न्यूड भिडियो सार्वजनिक

नयाँ वर्षमा अर्शीको न्यूड भिडियो सार्वजनिक


मुम्बर्इ। नयाँ वर्षको पहिलो दिन रियालिटी शो ‘बिग बोस’का पूर्व सहभागी अर्शी खानले न्युड भिडियो सार्वजनिक गरेसँगै इंटरनेटमा हंगामा मच्चाएको छ ।

अर्शीले उक्त भिडियोमा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीको फोटो हातमा लिएर आफ्नो गोप्य अंग लुकाइरहेकी देखिन्छिन् । सो हट भिडियो तुरुन्तै भाइरल पनि भएको छ । यसअघि पनि उनले ट्वीटरमार्फत् अफ्रिदीसँगको शारीरिक सम्बन्धबारे खुलासा गरेपछि चर्चामा आएकी थिइन् ।

अर्शीले उक्त भिडियोमा ‘अभिनेत्रीले न्युड सिन गर्दा पनि भाइरल हुने’ उल्लेख गरेकी छन् । अर्शीले भनेकी छिन्, “मैले पनि हिरोइनले जस्तै गरेकी हुँ । हाम्रो पुस्ता एकदम प्रगतिशील छ । पुरानो मानसिकतालार्इ त्याग्नुपर्छ । जसलार्इ मेरो भिडियो मन पर्दैन, मलार्इ उनीहरूको कुनै पर्वाह छैन ।”

साथै उनले उक्त भिडियो निकै पुरानो भएको र आफ्नै घरमा खिचेको पनि बताएकी छिन् । आफू सँधै बोल्ड भएको र उनको बोल्डनेस फ्यानहरूले ‘बिग बोस’मा समेत देखिसकेको कुरा उल्लेख गरेकी छिन् ।

विशेष