मनोरञ्जन

सुन साइलीकी अभिनेत्री दुर्घटनामा, खुट्टा भाचियो

सुन साइलीकी अभिनेत्री दुर्घटनामा, खुट्टा भाचियो

काठमाडौं । अभिनेत्री मेनुका प्रधान सवारी दुर्घटनामा परेकी छिन् । उनी चढेको स्कुटरले ठक्कर खाँदा मेनुकाको दायाँ खुट्टा भाँचिएको हो ।


चलचित्र ‘शेरबहादुर’को प्रमोसनबाट फर्किने क्रममा उनी सडक दुर्घटनामा परेकी हुन् । अस्पतालको केही दिनको बसाई पछि हाल मेनुका आफ्नो घरमा आराम गरिरहेकी छिन् ।

डक्टरको सल्लाह अनुरूप मेनुकाले एक महिना बढी आराम गर्नु पर्ने भएको छ । यति बेला उनी अभिनित दुई चलचित्र ‘शेरबहादुर’ र ‘साढे सात’ प्रदर्शनको क्रममा रहेको छ । शेरबहादुर माघ १९ गते प्रदर्शन हुँदै छ भने साढे सात फागुन ११ गतेबाट प्रदर्शन हुँदै छ । प्रधानको दुर्घटना भएसँगै यी दुवै चलचित्रको प्रमोसन प्रभावित भएको छ । यता चलचित्र ‘साँइली’ को सुटिङ पनि पर सरेको छ ।

छायाङ्कनको तयारीमा रहेको साँइली अब फागुनको अन्त्यबाट सुरु हुने बताइएको छ । उनले अभिनय गरेको सुन साइलीको गीत चर्चित भएको थियो ।

विशेष