मनोरञ्जन

नयाँ वर्षमा शिल्पाको बिकनी अवतार

नयाँ वर्षमा शिल्पाको बिकनी अवतार

दुबर्इ। अंग्रेजी नयाँ वर्षको आगमनसंगै विभिन्न सेलिब्रेटीले आफ्ना फोटा सार्वजनिक गरेका छन् ।

यस्तैमा बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्राले पनि नयाँ वर्षको उत्सव मनाउने सिलसिलामा खिचाइएका केही तस्वीरहरू सामाजिक संजालमा भाइरल भइरहेका छन् । तस्वीरमा उनी आफ्ना पति र बच्चाको साथमा मस्ती गर्दै गरेका दृश्यहरू कैद गरिएका छन् ।

शिल्पाले इंस्टाग्राममार्फत् उक्त तस्वीरहरू सार्वजनिक गरेकी हुन् । तस्वीरमा उनी स्विमिंग पुलमा बिकिनीमा मस्ती गरिरहेकी देखिन्छिन् । छोरा विवान र पति राज कुन्द्राको साथमा नयाँ वर्ष मनाउन उनी अहिले दुबर्इ पुगेकी छिन् ।

फोटोमा शिल्पा अलग-अलग रूप र परिधानमा देखिएकी छिन् । बिकनी र गगल्समा सजिएकी उनी कुनै तस्वीरमा भने अलग अन्दाजमा प्रस्तुत भएकी छिन् । सामाजिक संजालमा सक्रिय रहने शिल्पा हाल रियालिटी शो ‘सुपर डांसर २’ को जज गरिरहेकी छिन् ।

विशेष