खेल

विमल घर्ती भारतीय अाइ लिग क्लब माेहन बगानमा अाबद्ध

विमल घर्ती भारतीय अाइ लिग क्लब माेहन बगानमा अाबद्ध

भारतीय अाइ लिग क्लब माेहन बगानसँग नेपाली युवा स्ट्राइकर विमल घर्ती मगर अाबद्ध भएका छन् । 

 

इटहरी गाेल्डकपकाे उपाधि जिताउन थ्री स्टारबाट महत्वपूर्ण भूमिका निभाएका मगरले यस सिजनकाे अन्त्यसम्म माेहन बगानसँग सम्झौता गरेका हुन् । उनी साेमबारदेखि प्रशिक्षणका लागि भारत प्रस्थान गर्ने कार्यक्रम रहेकाे छ । 

 

मार्च महिनासम्म चल्ने अार्इ लिगमा कलकत्ताकाे माेहन बगान अहिले ११ खेलबाट १७ अंकसहित तालिकाकाे चाैथाे स्थानमा छ । विमल थ्री स्टारबाट अाहा रारा गाेल्डकप नखेली भारत प्रस्थान गर्ने भएका हुन् । 

 

यसअघि विमलले युरोपका केही क्लबहरुसँग ट्रायल पनि दिएका थिए । उनले डच क्लब ट्वेन्टेसँग २ साता प्रशिक्षण गरेका थिए भने बेल्जियम क्लब एन्डरलेक्टसँग लामो समय आबद्ध भई राम्रो अनुभव बटुलेका थिए । विमलले १४ वर्षको उमेरमै नेपालको लागि राष्ट्रिय टोलीबाट खेलेका थिए ।

bimal gharti magar

विशेष