सन्दीपलार्इ अाफ्नाे क्लबबाट खेलाउन पाउनु खुसीकाे कुरा हाे : दिल्ली

इन्डियन प्रिमियर लिग अाइपिएलमा पहिलाे पटक नेपाली क्रिकेटबाट युवा स्पीनर सन्दीप लामिछानेलार्इ दिल्ली डेयरडेभिल्सले किनेपछि देशविदेशमा चर्चा चलेकाे छ ।
सुरूवाती मूल्य २० लाख भारूमै दिल्लीले सन्दीपलार्इ किनेपछि उनी अाइपिएल खेल्ने पहिलाे नेपाली खेलाडी बनेका छन् । याे सँगै सामाजिक सञ्जालहरूमा सन्दीपलार्इ बधार्इ दिने अाेइराे अागेकाे छ ।
यता सन्दीपलार्इ किनेकाे दिल्लीले पनि सन्दीपलार्इ अाफ्नाे क्लबबाट खेलाउन पाउनुु निकै खुसीकाे कुरा रहेकाे बताएकाे छ । दिल्ली डेयरडेभिल्लेस ट्वीटमा भनेको छ ‘सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्, १७ वर्षको लेग स्पिनरलाई स्वागत गर्न पाउनु हाम्रा लागि निकै खुसीको कुरा हो ।’