मनोरञ्जन

टाइगरकी गर्लफ्रेण्ड दीशाको बोल्ड फोटो सार्वजनिक, यसो भन्छिन्

टाइगरकी गर्लफ्रेण्ड दीशाको बोल्ड फोटो सार्वजनिक, यसो भन्छिन्

काठमाडौं । बलिउड अभिनेत्री दिशा पटानी एकपटक फेरि आफ्नो बोल्ड तस्वीरको कारण चर्चामा आएकी छिन् ।

उनी अहिले इंस्टाग्राम अकाउन्टमा आफैंले अपलोड गरेकी तस्वीरका कारण चर्चामा आएकी हुन् । समुन्द्र किनारमा बिकिनीमा खिचाइएको उनको फोटो हाल सामाजिक संजालमा ट्रोल भइरहेको छ । एकदिनमै उक्त फोटोलार्इ ७ लाखले ‘लाइक’ गरेको छ ।

दिशा यस समय नयाँ वर्ष मनाउन आफ्नो ब्वाइफ्रेन्ड टाइगर श्राफसँग श्रीलंकामा छिन् । संजालमा तस्वीर छाएपछि विभिन्न मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । एक युजरले उनलार्इ नाङ्गो तस्वीर अपलोड गर्दा-गर्दा थाकेको भन्दै कसैले सोहीखाले फिल्म दिन भनेका छन् ।

कसैले उनको मजाक उडाउँदै भनेका छन्, “देख्नमा र अनुहारले बलिउडकै सबैभन्दा सुन्दर र हट एक्ट्रेस तिमी हौ, तर म बुझ्दिन किन ठूलो पर्दाको फिल्म तिमीलार्इ मिल्दैन भनेर ।” अश्लील प्रतिक्रियाहरू आइरहेका कारण दिशाको एक फ्यानले त उनलार्इ यस्तो किसिमको फोटो अपलोड नगर्न सल्लाहसमेत दिएका छन् ।

विशेष