स्वास्थ्य

प्राकृतिक चिकित्सा तिर मनीषा

प्राकृतिक चिकित्सा तिर मनीषा

काठमाडौं । पूर्व नवलपरासीको रजहरका भोजराज सेढाईले कुनै बेला पर्दामा अभिनेत्री मनिषाकोइरालालाई देख्दा जीवनमा एक पटक भेटेरै छाड्ने र पुष्पगुच्छा दिने सपना बुनेका थिए ।

उनको सपना वर्षौ हँुदापनि पूरा हुन पाएन । एक्कासी मनिषालाई क्यान्सर लाग्यो भन्ने समाचार सुनेपछि सेढाई दुःखित बनेका थिए । उनै सेढाईको सपना आइतबार पूरा भयो । उनले मनीषालाई भेटेरै पुष्पगुच्छा दिए । सेढाई मात्रहोइन , रजहरको प्राकृतिक चिकित्सालयको अवलोकन गर्न आएकी अभिनेत्रीलाई हेर्न धुइरिनेको भीड ठूलो थियो । ठूलो पर्दामा नियमित रुपमा नदेखिएको वर्षौं भए पनि मनीषाको फ्यान क्रेज नघटेको आभास भीडले गराएको थियो ।

चिकित्सालयमा सपरिवार आएकी आफ्ना प्रशंसकहरुको मायाअहिले पनि उस्तै रहेको भन्दै खुसी भइन् । अवलोकनपछि क्यान्सर जस्तो रोगलाई आफूले मनोबल उच्च राखेर जित्न सफलभएको बताउँदै आफूले प्राकृतिक उपचार विधि अवलम्बन रजहरका बासिन्दाले फूलमाला सहितभव्य स्वागत थरेका थिए ।

विशेष