सिंहदरवारमा नै राष्ट्रिय क्रिकेट खेलाडीको अपमान
काठमाडौं । आगामी फेब्रुअरी आठ तारिखबाट नामिबियामा आयोजना हुने विश्व क्रिकेट लिग डिभिजन टु को लागि नेपाली टोली शनिवार अभ्यासका लागि युएई तर्फ जाँदै छ । त्यसका लागि आज मन्त्रालयले गरेको बिदाईका क्रममा कप्तान पारस खड्का र खेलाडीहरुको अपमान भएको छ ।
आफ्नो कार्यतालिका व्यस्त भएकाले मन्त्री राजेन्द्र कुमार केसीले खेलाडीलाई बिदाई गर्नका लागि मन्त्रालयमा नै बोलाएका थिए । तर मन्त्रालयले सिंहदवार गेटमा समन्वय नगर्दा खेलाडीलाई लामो समय छिर्न दिइएन ।
सिंहदरवारमा छिर्नका लागि कर्मचारीहरुबाहेक अन्यको नाम अगाडी गेटमा टिपाउनु पर्ने हुन्छ । अनि आफ्नो नाम त्यहाँ कार्यरत प्रहरीलाई भने पछि भित्र छिर्न दिइन्छ । तर आज खेलाडी तथा कप्तान पारस गेटमा पुगेर खेलकुद मन्त्रालयको बिदाईका लागि आएको भन्दा प्रहरीले आफुहरुलाई नाम नआएको र भित्र पठाउन नमिल्ने जनाए ।
पारस एक्लै पुगेकाले उनलाई पठाउन नै मानेन् प्रहरीले । पछि पारसले प्रशिक्षक जगत टमाटालाई फोन गरेर आफ्नो नाम नभएको र गेटबाट छिर्न नदिएको जानकारी गराए । टमाटाले पारसलाई छिर्न दिनका लागि मान्त्रालयका कर्मचारीलाई भनेको पनि करिब २० मिनेट पछि बल्ल गेटबाट भित्र छिर्न दिइयो ।
बुझ्नमा आए अनुसार बिदाईका क्रममा बोल्दै पारसले खेलाडीलाई बिदाई गर्ने भन्दै बोलाउने अनि भित्र छिर्नलाई ब्यवस्था नमिलाउने भन्दै असन्तुष्टि ब्यक्त गरेका थिए ।
यहि विषयमा मन्त्री केसी केही रुष्ट देखीए, तर आफ्ना कर्मचारीहरु बिरुद्ध नभई कप्तान पारससंग । बिदाई सकेर निक्लिने क्रममा आफ्नो गाडीमा रहेका मन्त्रि केसीले प्रशिक्षक टमाटालाई के भएको भनेर सोधे । प्रशिक्षक टमाटाले मन्त्री केसीलाई खेलाडीहरुले बिदाईका लागि आउँदा पनि छिर्न नपाएकोमा गुनासो गरेको बताएका थिए । मन्त्री केसीले आफु पनि भोली बाहिर जान लागेकाले बिदाई गर्दिउ भनेर बोलाउँदा उल्टो मसँग रिसाउने भनेर झर्किदै आफ्नो ड्राइभरलाई गाडी चलाउन आदेश दिएर निक्लिएको जानकारी प्राप्त भएको छ ।
देशको झन्डा बोक्दै नेपालको नाम राख्न सफल नेपाली क्रिकेट टोलीको अपमान हुनु पक्कै पनि राम्रो सुनिदैन