स्वास्थ्य

बिबाहपछि किन मोटाउँछन् महिला ? यस्ता छन् ६ कारण

बिबाहपछि किन मोटाउँछन् महिला ? यस्ता छन् ६ कारण

बिबाहपछि महिला किन मोटाउछन् ? यसबारे अनेक टिप्पणी र सतही तर्क सुनिन्छ । यस विषमा धेरै अध्ययन पनि भए । हालै अमेरिकाकाे एक विश्वविद्यालयमा भएकाे अध्ययनले केही तथ्य देखाएकाे छ ।


१ निद्रा पूरा नहुनुः

बिबाहपछि धेरै महिलाको सुत्ने र उठ्ने समय बदलिन्छ । यसैले शरिरकाे तौल बढाउँछ ।

 

२ हर्मोनल परिवर्तनः

बिबाहपछि महिलाको जीवनशैली पनि परिवर्तन हुन्छ । यसले हर्मोनल परिवर्तन पनि ल्याउँछ, जुन मोटोपन बढाउने कारण बन्नसक्छ ।

 

३ बढ्दो उमेरः

बिबाहसँगै महिलाको उमेर पनि वृद्धि हुँदै जान्छ । उमेरको वृद्धिसँगै महिलाको मेटाबोलिज्म दर कम हुन्छ । यसले फ्याट बर्निङ हुने दर कम हुन्छ र तौल बढ्छ ।


४ सामाजिक दबाब कमजोरः

बिबाहअघि आफूलाई चुस्त दुरुस्त राख्नु सामाजिक दबाबका रुपमा लिइन्छ । विवाहअघि मोटीलाई ‘नराम्री’, ‘केटा नपाउने’ जस्ता टीप्पणी र भय समाजले सिर्जना गर्ने भएकाले फिट राख्न खोज्छन् धेरैले । तर, विवाहपछि यो प्रेसर स्वतः घट्नुका साथै आफ्नो ख्याल राख्ने समय हुँदैन उनीहरुसँग । यसकारण तौल बढ्छ ।

 

५ घरमै बस्नु वा धेरै समय टिभी हेर्नुः

बिबाह पश्चात अधिकांस महिला घरभित्रकै काममा व्यस्त हुन्छन् । बाँकी फुर्सदको समय टिभी हेरेर बिताउन रुचाउँछन् । शाररिक रुपमा निष्क्रिय रहँदा मोटोपन बढ्छ ।

 

६. खानामा परिवर्तनः

खान खाने तरिका, परिकार र समय घरपिच्छे फरक पर्छ । बिबाहपछि आएको घरको खानपान त्यसअघिको जस्तो नहुँदा पनि मोटोपनको शिकार भइन्छ । खासगरी घरको नयाँ सदस्य भएका कारण परिवारका सदस्यले सुरुमा धेरै खान प्रोत्साहन गर्ने भएकाले पनि मोटोपन बढ्न थाल्छ ।

 

 

विशेष