रामेछाप सिभिल च्याम्पियनसीपको तेस्रो संस्करण हुने
काठमाडौं । रामेछापको मन्थलीमा ‘रामेछाप सिभिल च्याम्पियनसीप’ अन्तरगत पुरुष भलिवल प्रतियोगिताको तेस्रो चरण सुरु हुने भएको छ । खेलकूद विकास समितिको आयोजनामा “स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकूद” भने नारासहित भलिवल प्रतियोगिता हुुन भएको हो ।
प्रतियोगिता माघ १७ गते बाट २० गतेसम्म जिल्ला समन्वय समिति रामेछापको खेल मैदान मन्थलीमा संचाल हुने छ । ५ विकास क्षेत्रका ५ टिम तथा अन्य गरि जम्मा १२ टिमले प्रतिस्पर्धा गर्ने उक्त खेलमा सहभागि टिमलाई खेलाडि भत्ता तथा जिल्ला बाहिरका टिमको लागि यातयात को समेत व्यावस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, द्वितीय हुने टिमलाई १ लाख, तृतीय हुने टिमलाई ५० हजार र सान्त्वना हुने टिमलाई रु ३५ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडेरियाले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडिलाइ नगद १० हजार सहित ट्रफी, उत्कृष्ट डिफेण्डर उत्कृष्ट ब्लकर, उत्कृष्ट सटर, उत्कृष्ट स्पाईकर र उत्कृष्ट सर्वरलाई ५ हजार सहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
लिगमा नकआउटको आधारमा सञ्चालन हुने उक्तखेलमा प्रतियोगितामा सहभागी टोलीले प्लेइङ सेटमा तीनभन्दा बढि बिभागीय टोलीमा रहेका खेलाडीलाई खेलाउन नपाइने प्रतियोगिता संयोजक एवम् जिल्ला खेलकुद बिकास समितिका सदस्य सिताराम कार्कीले जानकारी दिए ।