पशुपतिपरिसर पनि गाँजानिषेधित क्षेत्र
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोजस्ता नशालु पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।
पशुपतिक्षेत्र विकास कोषले आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दूर्व्यसनमा युवाहरुलाई फस्न नदिनका लगि पशुपति क्षेत्रमा नशालु पदार्थ सेवन गर्न प्रतिबन्ध गराइएको जानकारी गरायो ।
प्रतिवन्धित सबै नशालु पदार्थ पशुपति क्षेत्रमा सेवन गर्न तथा विक्री वितरण गर्न प्रतिवन्ध लगाइएको कोषका सदस्य सचिव डा प्रदिप ढकालले जानकारी दिए ।
महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन नगर्न पनि कोषले साधुसन्तलगायत सबैसँग आह्वान गरेको छ ।
पशुपति क्षेत्रलाई पवित्र धार्मिक क्षेत्रकै रुपमा विकास गर्न पनि नशालु पदार्थ सेवन गर्ने कामलाई प्रतिवन्ध लगाउनु परेको सदस्य सचिव ढकालले स्पष्ट पारे ।