खेल

म्यान्चेस्टर सिटी र चेल्सी एफए कप फुटबलको पाँचौ चरणमा

म्यान्चेस्टर सिटी र चेल्सी एफए कप फुटबलको पाँचौ चरणमा

काठमाडौं । म्यान्चेस्टर सिटी र चेल्सी एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेका छन् । शीर्ष क्लबहरु गएराति भएको चौथो चरणको खेलमा कार्डीफ सिटीलाई २–० ले हराउँदै म्यान्चेस्टर सिटी अन्तिम १६ मा पुगेको हो ।

खेलमा म्यान सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र राहिम स्टर्लिङले एक–एक गोल गरे । गएराति नै भएको अर्को खेलमा न्यूकासल युनाईटेडलाई ३–० ले हराउँदै चेल्सी पनि राउण्ड अफ सिक्सटिनमा प्रवेश र्गयो ।

खेलमा चेल्सीलाई विजयी गराउन मिची बात्सुईले दुई तथा मार्कस अलन्सोले एक गोल गरे । गएरातिका खेलपछि इङ्लिस एफए कप फुटबल प्रतियोगिताको पाँचौ चरणमा पुग्ने १६ मध्ये १३ टोलीको टुंगो लागेको छ ।

तीनवटा खेल भने बराबरीमा टुंगिएकाले अब हुने रि प्ले पछि मात्रै बाँकी तीन टोलीको टुंगो लाग्नेछ ।

विशेष