खेल

धरानसँग आर्मी पराजित

धरानसँग आर्मी पराजित


पोखरा । त्रिभुवन आर्मी क्लबलाई हराउँदै धरान फुटबल क्लब १६ औं आहा राराको सेमिफाइनलमा प्रवेश गरेको छ।

आहा राराको तीन पटकको उपविजेता समेत रहेको आर्मीलाई हराउँदै धरानले फाइनल प्रबेशका लागि एपिएफ र थ्रीस्टारको विजेतासँग खेल्ने छ।

निधारित समय र थप समयमा दुबै टिमबाट एक–एक गोल भएपछि ट्राइब्रेकरमा ५–४ गोलले धरान विजयी भएको हो।

आर्मीका जर्ज प्रिन्स कार्कीको प्रहार बारमा लागेर बाहिरिएपछि आर्मी ट्राइब्रेकरको सिकार भयो।

खेलको १८ औ मिनेटमा आर्मीका टिम क्याप्टेन भरत खवासले गोल गरेर आर्मीको खाता खोलेका थिए।

एरिक विष्टले कर्नरबाट प्रहार गरेको बललाई विकास तामाङले डिबक्समा मिलादिएपछि भरतले गोल गरे।

धरानका लागि खेलको ६३ औ मिनेटमा खेलको म्यान अफ दि म्याच बन्न सफल निशान लिम्बुले गोल गरे। ट्राइब्रेकरमा धरानका बिष्णु सुनार, सुरज विक, रोमन लिम्बु, बर्तमान राई र निशान लिम्बुले गोल गरे। त्यसै गरी आर्मीका लागि नवयुग श्रेष्ठ, दिप लामा, दिपक गुरुङ र विवेक बस्नेतले गोल गरे।

सोमबारको खेल नेपाल पुलिस क्लब र थ्री स्टारबीच हुने छ।

विशेष