मनोरञ्जन

चर्चित भारतीय गायक अरिजित विवादमा

चर्चित भारतीय गायक  अरिजित विवादमा


काठमाडौँ । अरिजित सिंह अहिले विवादमा तानिएका छन् । एउटा पुरानो भिडियो सामाजिक सञ्जालमा आएपछि उनको पक्ष र विपक्षमा बोल्नेदेखि मजाक उडाउनेहरूसम्म सलबलाएका छन् ।


भिडियोमा उनी ‘रकस्टार फिल्मको नादान परिंदे...’ गाइरहेका देखिन्छन् । गाउँदै जाँदा माइक निहुरिन्छ अनि उनी एक्कासि मुख छाड्छन् ।

 

आयोजकहरू तुरुन्तै स्टेजमा आएर उनको माइक मिलाइदिन्छन् । यद्यपि, अरिजित रौद्र मुद्रामै रहेको प्रस्ट देखिन्छ । उनी गितार बजाउँदै स्टेज कभर गर्छन् ।
गायन समेत साह्रै खस्किएको सुनिन्छ, झुर गाएका छन् । साढे एक मिनेटको भिडियोलाई लिएर भारतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अनेक ट्रोल र मिमहरू बनाइरहेका छन् । उनले दर्शकसामु रिस नदेखाएको भए राम्रो हुने सल्लाह दिइएको छ ।

 

अरिजित धेरै पटक विवादमा फसिसकेका व्यत्ति हुन् । सलमान खानसँगको खटपट सलमानले आफ्ना फिल्ममा अरिजितका गीत राख्दैनराख्नु । ‘सुलतान’ मा सलमानले अरिजितको गीत हटाइदिकाे समेत थियो । तर, सलमानले नराखे पनि पछिल्लो समय बलिउडका अधिकांश फिल्ममा अरिजितको स्वर अनिवार्य जस्तै हुने गरेको छ ।

 

पश्चिम बंगालको सानो गाउँमा जन्मिएका उनलाई प्रितमले प्लेब्याक सिंगिङमा उतारेका थिए  । धेरैजसो शान्त र लजालु स्वभावमा देखिने उनले स्टेजमै मुख छाडेको दृश्य अनौठो मानिएको छ । यद्यपि, भिडियो पुरानो भएकाले अरिजितले सार्वजनिक स्थलमा कसरी प्रस्तुत हुनुपर्छ भन्नेबारे सोच्नु निकै आवश्यक देखिन्छ ।

 

विशेष